२०८१ आश्विन ५
२०८१ आश्विन ५

यसकारण रोपिन्छ तुलसीको बिरुवा

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

किसान उखुको मूल्य माग गर्दै सडकमै आए

किसान उखुको मूल्य माग गर्दै सडकमै आए

२०८० मंसिर ३० गते, शनिबार १४:१६
भदौ १५ भित्रै कक्षा १२ को नतिजा

भदौ १५ भित्रै कक्षा १२ को नतिजा

२०७९ भाद्र ५ गते, आईतवार १३:१८

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।