सगुन बचत तथा ऋण सहकारी संस्था २५ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले २५ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । संस्थाको अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जवहारलाल कुशवाहको प्रमुख आतिथ्यता, हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी(कमल) र उपप्रमुख हरिमाया घलानको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमा वडा नं. ४ को वडाध्यक्ष तथा सहकारी विभाग प्रमुख केशवराज थापा , वाड नं. १ को वडाध्यक्ष तथा संस्थाको सल्लाहकार टम बहादुर घिसिङ , हरिवन नगर सहकारी संजालको संयोजक राम प्रसाद घिमिरे ,संस्थापक सदस्य चुडामणि वाग्लेलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाको पदाधिकारी, संचालक, सल्लाहकार, पुर्व संचालक, लेखा समित सदस्य, उपसमित, शिक्षा प्रेमी,सामाजिक व्यक्तित्व लगायतको उपस्थिति थियो । संस्थाको २५ औं वसन्तको अवसरमा लोगो आधिकारीरुपमा प्रकाशन गरीनुका साथै उत्कृष्ट बचतकर्ता , उत्कृष्ट नियमति बचतकर्ता , उत्कृष्ट ब्यवसायी , उत्कृष्ट बाल बचत र १० जना र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा पुर्व लेखा समिति सदस्य जय शंकर सिंह, सल्लाहकार डोर प्रसाद भट्टराई, सल्लाहकार बिदुर कुमार प्याकुरेल, संजाल अध्यक्ष राम प्रसाद घिमिरे, संस्थापक अध्यक्ष बाबुराम घिमिरे, जिल्ला बचत संघको अध्यक्ष मन्दिरा आचार्य, वडाध्यक्ष केशवराज थापा, उपमेयर हरिमाय घलान, मेयर रमेश बुढाथोकीले सुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा उपाध्यक्ष तारा देबी सुबेदीले स्वागत मन्तव्य राख्नु भएको थियोे भने संस्थाको वित्तीय अवस्था बारे कोषाध्यक्ष विनोद कार्की प्रष्ट पार्नु भएको संस्थाका सचिव राजकुमार उप्रेतीले जानकारी गराएका थिए ।
प्रमुख अतिथि कुशवाहले सहकारीहरुमा सगुन नीति विधिमा चल्ने जिल्लाकै उत्कृष्ट सहकारी रहेको बताएका थिए । कार्यक्रमको अध्यक्ष ढकालले सदस्यहरुलाई अहिलेको भन्दा बढी सेवा उपलब्ध गराउने प्रण गरेका थिए । कार्यक्रममा २५ औं बसन्तको केक काटिनुका साथै दिप प्रज्वलन गरिएको थियो ।