२०८१ आश्विन ५
२०८१ आश्विन ५

आज कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन

हेटौंडा ।आज भाद्र कुशे ओैँसि,बुवाकाे मुख हेर्ने दिन। आजकाे दिन आफ्नो बुवालाई मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने प्रचलन छ । बुवासँग प्रत्यक्ष भेट्न नसक्नेले प्रविधिकाे सहायतामा कुराकानी गर्छन् ।
आमालाई ‘मातृदेवाे भव’ भनेजस्तै बुवालाई ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप आजकाे दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरे जीवनभर सुख मिल्ने विश्वास गरिन्छ ।
 पहिला पहिला आमाका नाममा धेरै कविता, कथा, गीत रचना गरिएपनि बुवाकाे नाम कमै आउने गर्थ्याे । तर  केही वर्ष यता बुवाकाे नाममा पनि कविता काेर्ने, गीत लेख्ने प्रचलन बढेकाे छ ।
बाबु नहुनेहरूले भने आजकाे दिन विभिन्न पवित्र ठाउँमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्छन् । 
गत वर्ष यस दिन काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्थ्याे । दिंवगत बुवाकाे नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्थ्याे । रसुवाको वेत्रावती, चितवनकाे देवघाट लगायतमा पनि भक्तजनको भीड लाग्थ्याे ।
तर काेराेना महामारीले अहिले यी सबै ओझेल । भीडभाडका कारण काेराेना संक्रमण फैलँने डरले सबै मन्दिर बन्द गरिएकाे छ ।  यस वर्ष साउन महिनाभर पशुपतिनाथ मन्दिर समेत खाेलिएन ।
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुशे त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ ।
कुश हरेक धार्मिक कार्यमा प्रयाेग गरिन्छ । कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।