२०८१ आश्विन ५
२०८१ आश्विन ५

सैनामैना नगरपालिकाकी उपमेयरको गाडीले मोटरसाइकललाई ठ’क्क’र दिँदा २ जना घा’इ’ते ।

रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगरको गाडीले मोटरसाइकललाई ठ’क्क’र दिँदा २ जना घा’इ’ते भएका छन् ।

लु १ झ ३९३ नम्करको स्कार्पियोले शुक्रबार बिहान बुटवल तर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकलाई ठ’क्क’र दिएको थियो।

सैनामैना नगपालिका–५ बुद्ध नगरमा गाडीले ठ’क्क’र दिएपछि मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ का अन्दाजी ७० बर्षीय बालकृष्ण गौतम र उनकी पत्नी ६० वर्षीया लक्ष्मी गौतम घा’इ’ते भएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् – संसारको सातौं अग्लाे आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने याे हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकि छन ।

काठमाण्डौको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकि हुन ।

सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिईन।

‘धवलागिरि हिमालमा नेपाली महिलाले पहिलो पटक आरोहण गरेका हुन्’, उनले भनिन् , ‘धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन।’

श्रेष्ठसँगै जानुभएकी माया शेर्पालगायतले आरोहण गरे/नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताइन । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गएकाे वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेकाे आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम गरेकाे बताइन।

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा (पथ प्रदर्शक) पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गर्नुभएको हो । पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन । उहाँले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमादब्लम हिमालको आरोहण गरेक थिइन।

पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा को’रो’नाको दोस्रो लहर फैलिएपछि रोकिएकाले गएकाे याममा धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताइन।​

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।