निराज रानाभाट , काठमाडौं : कार्तिक ०२ गते , बुधबार ( आज ) दिउँसो ३ बजेर ८ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै , भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल – चीन सीमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमाका महशुस भएको थियो । काठमाडौं उपत्यकामा त धक्का थाहा पाउनेहरु घर बाहिर नै निस्केका थिए ।