२०८१ आश्विन ५
२०८१ आश्विन ५

हरिवन र मिलनचोकमा भएको बेग्लाबेग्लै दुर्घटनामा ६ जना घाइते

हरिवन – सर्लाहीको हरिवन र मिलनचोकमा शनिबार भएको बेग्लाबेग्लै दुर्घटनामा ६ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका १ मिलन चौकमा पूर्वतर्फ आउँदै गरेको बा ८९ प ५९९६ नम्वरको मोटरसाइकललाई पछाडिबाट आइरहेको ना २ च ३९६० नम्वरको कारले ठक्कर दिँदा कार अनियन्त्रित भइ विपरीत दिशाबाट गइरहेको प्रदेश २–०३–००२२ प ७९९५ नम्वरको स्कुटरलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । दुर्घटनामा स्कुटर चालक हरिवन ८ का ३७ वर्षीय धनबहादुर गोले र पछाडि सवार सोही ठाउँका ३२ वर्षीय भिम लामा गम्भीर घाइते भएका छन् ।

दुवै घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौं लगिएको छ । सो दुर्घटनामा घाइते मोटरसाइकल चालक बागमती १ का ३० वर्षीय सुकमान तामाङको सर्लाही जीवन अस्पताल सुकेपोखरीमा उपचार चलिरहेको छ ।

यस्तै, हरिवन नगरपालिका १ भोक्टेनीस्थित भित्री सडकमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ गइरहेको ज १ च १७१९ नम्वरको बोलेरो गाडीले उत्तर तर्फबाट आइरहेको ना ५३ प ९७९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा हरिवन ८ डाँडाटोल बस्ने मोटरसाइकल चालक २२ वर्षीय नवीन राईन, पछाडि सवार १८ वर्षीय विज्ञान घिमिरे र १८ वर्षकै साहिल राणा गम्भीर घाइते भएका छन् ।

घाइते तीनै जनालाई थप उपचारका लागि वीरगन्ज लगिएको छ । यि ३ जना घाइतेलाई पनि हेलिकप्टरबाट काठमाण्डौं लाने प्रयास गरेपनि साँझ परिसकेकाले हेलिकप्टर आउन नसकेको हरिवन प्रहरीले जनाएको छ ।

बोलेरो चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

२०७९ भाद्र ३ गते, शुक्रबार ०२:११

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।