२०८१ आश्विन ५
२०८१ आश्विन ५

ट्याक्टरमा राखेर भारत लैजान लागिएको २५० किलो गाँजा बरामद

सर्लाही प्रहरीले ट्याक्टरमा राखेर भारततर्फ निकासी गर्न लाग्दा ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । सुराकीको आधारमा खटिएको विशेष प्रहरी टोलीले शनिबार राति कविलासी नगरपालिका–९, सलेमपुर भलुवाहीबाट २५० किलो गाँजा, त्यसको ओसारपसारमा प्रयोग गरिएको ट्याक्टर र दुई युवकलाई पक्राउ गरेको हो । भलुवाहीस्थित झिम नदीको किनार हुँदै ज १ त ५५५१ नम्वरको ट्याक्टरमा राखेर दक्षिणतर्फ लैजाँदै गरिएको गाँजा बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

गाँजा ओसारपसारमा संलग्न ट्याक्टरका चालक कविलासी नगरपालिका–१०, का २८ वर्षीय भाग्यनारायण महतो र ट्याक्टरमा सवार सोही ठाउँकै २४ वर्षीय रवि भन्ने रविन्द्र रायलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डीएसपी थारुले बताए । इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) ठाकुर सापकोटाको नेतृत्वमा खटिएको प्रहरीले बरामद गरेको गाँजा र पक्राउ परेका व्यक्तिलाई आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार १९ वटा पोकामा रहेको उक्त गाँजा ३० लाख रुपियाँ बराबरको रहेको अनुमान गरिएको छ । उक्त गाँजा सर्लाहीकै चुरेभेग तथा छिमेकी जिल्ला सिन्धुली वा मकवानपुरतर्फबाट ल्याएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । पत्रकार सम्मेलनमा सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले गाँजा ओसार्न प्रयोग गरिएका व्यक्ति पक्राउ गरिएको र यसको मालिक को हुन ? भन्ने विषयमा अनुसन्धान गरिने बताए ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

पोखरामा ई–कमर्श साथीको शुभारम्भ

पोखरामा ई–कमर्श साथीको शुभारम्भ

२०७९ भाद्र २२ गते, बुधबार ११:३५

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।