लालबन्दी | सर्लाहीको हरिवनमा रहेको मानव सेवा आश्रममा आश्रीत एक ब्यक्तिको पानीमा डुबेर मृत्यु भएको छ । आईतवार साँडे ८ बजेको समयमा वतन नखुलेको बर्ष ३० का केदार दर्लामीको आश्रम भित्रकै पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
२ महिना अघिबाट आश्रममा बस्दै आएका दर्लामी मानसिक बिरामि भएको श्रोतले बताएको छ ।
शवलाई प्रादेशिक अस्पताल मलगंवामा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बिजय यादवले जानकारीदिनुभयो ।