२०८१ आश्विन ५
२०८१ आश्विन ५

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, सर्लाहीमा २७४ स्थानमा छठघाट निर्माण ।

सर्लाही – छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आज सप्तमी तिथि भए पनि भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन गर्ने छ्न। तिथि घटबढ भए पनि यसवर्ष पनि पहिलेजस्तै चार दिन नै छठ पर्व मनाइने भएको हो ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको भक्तालुहरु बताउन्छन। छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ । छठका लागि सर्लाहीसहित तराई मधेस र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । पछिल्लो समय यो पर्व पहाडीया समुदायले पनि धुमधामका साथ मनाइरहेका छन । मधेसी समुदायको भनेर मानिने छठ पूजा पहाडी समुदायमा पनि बढ्दै गएकोले सह- संस्कृतिको हिस्सा बन्दै गइरहेको छ । काम गर्न टाढा पुगेका परिवारजन छठ पर्वका लागि घर आएका छन् । पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ । यसैबीच सर्लाहीमा छठ पूजाका लागि २७४ स्थानमा छठघाट निर्माण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको विवरण अनुसार २० वटा पालिकाका २७४ स्थानमा छठको पूजा स्थल तयार पारिएको हो । गाउँमा चार÷पाँचवटासम्म छठघाट निर्माण भएको बताए । उनले प्रत्येक छठघाटमा आवश्यक सुरक्षा प्रवन्ध मिलाइएको बताए । यहाँको बागमती, लखन्देही, कालिन्जोर, झिम, बाँके, एकादशी, मनुष्मारालगायतका खोला तथा नहर र पोखरीमा छठघाट निर्माण गरिएको छ । छठपूजा गर्न कतिपय स्थानमा कृत्रिम पोखरी निर्माण गरिएको छ । हरिवन नगरपालिका-७ का गोरे दासले आफूहरुको गाउँमा हिजो जनश्रमदान गरी पोखरी खनेर छठघाट निर्माण गरिएको बताए । व्रतालुले छठ पूजाका लागि माटाका भाँडा, बाँसबाट बनेका ढाकीलगायतका सामग्री, नरिवल, उखु, केरा, सुन्तलाको जोहो गरिरहेका छन् ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

आजकाे राशिफल

आजकाे राशिफल

२०७९ भाद्र ७ गते, मंगलवार ००:३८
आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

२०७९ कार्तिक १ गते, मंगलवार ०१:०९

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।