२०८१ आश्विन ५
२०८१ आश्विन ५

नयाँरोडमा शंकास्पद अवस्थामा भेटिएको बोराभित्र लागूऔषध बरामद

पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँरोडमा आज (शनिबार) दिउँसो शंकास्पद अवस्थामा फेला परेको बोराभित्र लागूऔषध रहेको पाइएको छ । नयाँरोडस्थित पश्चिम बसपार्कको बस्ने बेन्चमाथि मुख बाँधिएको अवस्थामा सिमेन्टको बोरा फेला परेको थियो ।

शंकास्पद अवस्थामा फेला परेको उक्त वस्तु जोखिमयुक्त हुनसक्ने आशंकामा प्रहरीले घटनास्थल सुरक्षित गरी थप अनुसन्धानका लागि नेपाली सेना बोलायो ।

भैरवीदल गण पाँचकुमारी ब्यारेकबाट सेनाको टोली पुगेर हेर्दा उक्त बोराभित्र चामल रहेको र चामलभित्र लागूऔषध कोरेक्स लुकाएको फेला परेको हो । चामलभित्र लुकाएको अवस्थामा एक सय एमएलको ११४ बोतल वीन सिरेक्स कफ सिरफ बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिनुभयो।

ब्यस्त चोकमा बेवारिसे अवस्थामा शंकास्पद झोला फेला परेपछि त्यसभित्र रहको बस्तु पत्ता लगाउन सेना नै बोलाएर चेकजाँच तथा अनुसन्धान गर्दा सुरक्षाकर्मी करिव ३ घण्टा हैरान भए । सो बोरा फेला परेपछि प्रहरीले पूर्व-पश्चिम राजमार्गमा मानिस तथा सवारीको आवतजावत रोकेर भित्री सडकतर्फ ‘डाइभर्ट’ गरायो ।

प्रहरी निरीक्षक गिरीले बेवारिसे तथा शंकास्पद अवस्थामा फेला परेको सो बोरा आफूखुसी चलाउँदा जोखिम हुने ठानेर नेपाली सेनालाई बोलाएर निष्क्रिय पार्ने प्रयास गरिएको बताए । उनले सो बोरा बसपार्कमा ल्याएर बेवारिसे अवस्थामा छाडी त्रास सिर्जना गर्ने व्यक्तिमाथि अनुसन्धान हुने बताएका छन् सो बोराभित्रको लागूऔषध कुनै लागूऔषध ओसारपसार गर्ने व्यक्तिले त्यहाँ छाडेर फरार भएको हुनसक्ने आशंका गरिएको छ ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

संकटा निराश हुँदै फर्कियो

संकटा निराश हुँदै फर्कियो

२०७९ फाल्गुन ४ गते, बिहीबार २१:२४
गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

२०७९ कार्तिक २४ गते, बिहीबार १०:५९
संयुक्त रुपमा वडा कार्यालय उद्घाटन

संयुक्त रुपमा वडा कार्यालय उद्घाटन

२०८० जेष्ठ ३१ गते, बुधबार १५:०७

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।