२०८१ आश्विन ५
२०८१ आश्विन ५

जसपा एमाले गठबन्धनलाई जिताउन कुनै कसर बाँकी नराख्न यादवको आग्रह

वीरगञ्ज, ९ कार्तिक – पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवले जनताले नाम नभएर काम मन पराउने बताएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा जनता समाजवादी पार्टी (जसपा) को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जसपा र नेकपा एमालेको गठबनधनका उम्मेदवार यादवले पर्सा १ मा आफुले र मधेश प्रदेश सरकारले गरेका कामका बारेमा मतदातालाई राम्ररी बुझाउन कार्यकर्तालाई आग्रह गरेका छन् । यादवले भने, ‘हामीले यो क्षेत्रमा गरेका काम र उपलब्धीहरु जनता माझ लिएर जानुस्, जनतालाई बुझाउनुस्, किन कि जनताले नाम होइन कामलाई मन पराउछन् ।’ जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नरहने गरि चुनावी प्रचारमा लाग्न अगुुवा कार्यकर्ताहरुलाई यादवले आग्रह गरेका छन् ।

भेलामा सहभागी जसपाका अगुवा नेता कार्यकर्ताहरुले जसपाका उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउन आफुहरु एकजुट भएर लागि सकेको बताए । उनिहरुले पर्सा १ मा अन्य दलका उम्मेदवार भन्दा जसपाका दुवै उम्मेदवार जनता माझ लोकप्रिय छवि बनाएको कारण जनताले पनि यसपालि फेरि जसपालाई नै मत दिने प्रतिक्रिया दिएका छन् । छपकैयाको कार्यकर्ता भेला सकेर यादव नेवार समुदायले नेपाल संवत ११४३ न्हूदँया भिन्तुनाको उपलक्ष्यमा आदर्शनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पनि सरिक भएका थिए ।

त्यस अवसरमा यादवले नेपाल संवत ११४३ न्हूदँया भिन्तुनाको उपलक्ष्यमा कार्यक्रममा सहभागीहरुसंग शुभकामना आदान प्रदान गरे । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, जसपाका महानगर अध्यक्ष इश्वरचन्द्र यादव, प्रकाश अमात्य लगायतको उपस्थिती रहेको थियो ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

२०७९ भाद्र ७ गते, मंगलवार ०२:३२

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।