२०८१ आश्विन ५
२०८१ आश्विन ५

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभा सम्पन्न

निराज रानाभाट , मकवानपुर : साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको ` २४ औँ साधारण सभा ´ सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको मिति २०७९ साल असाेज २७ गतेदेखि शुरू भएको ` २४ औं वार्षिक साधारण सभा ´ कार्यक्रम अाइतबार सम्पन्न भएको छ । उक्त साधारण सभामा संस्थाको अध्यक्ष बिमला कार्कीको अध्यक्षतामा सम्पन्न सभामा मकवानपुरको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती प्रमुख अतिथिमा रहेको थिए । त्यसैगरी , विशेष अतिथिहरुमा एकराज उप्रेती , ब्रह्मकुमार विजयराज सिग्देल , मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै , सभामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हेटौंडाका कृषि अधिकृत अनिल तिवारी , साना किसान कृषि सहकारी संस्था लिमिटेड हांडिखोला , हर्नामाडी , वसामाडीका अध्यक्ष र प्रबन्धकहरु तथा मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्यहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले अबदेखि किसानहरुलाई दुधमा १ रुपैयाँ थप गरिने प्रतिबद्धता गरेका छन भने मनहरी गाउँपालिकाले विशेषगरी कृषिलाई बढी प्राथमिकतामा राखेको समेत बताए । त्यस्तै , कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरुले शुभ – कामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाले सदस्यहरुलाई शेयरमा १८% लाभांश वितरण गर्ने र वचत तथा ऋण कारोबारको आधारमा संरक्षण पुंजी कोषको रकम प्रदान गर्ने भएको छ ।

कार्यक्रममा वृद्ध व्यक्तिहरु , विभिन्न विधाका उत्कृष्ट शेयर सदस्यहरु तथा संस्थाको शेयर सदस्यहरुकाे छाेराछाेरीले माद्यामिक शिक्षा परीक्षा ( एसईई ) मा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान – पत्र सहित रकम प्रदान गरेर सम्मान गरिएको थियो । संस्थामा २५ सय भन्दा बढी शेयर सदस्यहरु रहेको सहकारीले वडागतरुपमा साधारण सभा राख्दै आएको थियो । सोही अनुरुप असाेज २७ गते , अन्तर समुह नम्बर १ , २ र ५ ( लाेथर , सुनाचुरी र प्रतापुर ) काे मनहरी गाउँपालिका – ६ , गुम्बा भवन ( चौकी टाेल ) , सुनाचुरीमा भएको थियो । त्यसैगरी , अन्तर समुह नम्बर ३.१ , ३.२ र ६ ( रमौली , विजौना र मनहरी बजार ) काे मनहरी गाउँपालिका – ७ , मनकामना मन्दिर , मनहरीमा भएको थियो । त्यस्तै , अन्तर समुह नम्बर ७.१ , ७.२ , ७.३ र ८ ( ज्यामिरे र रजैया ) काे मनहरी गाउँपालिका – ९ , ऋाषेश्वर प्राथमिक विद्यालय , ज्यामिरेमा भएको थियो । एकै ठाउँमा एकैपटक सभा गर्दा भीड समायोजन गर्न समेत कठिनाई पर्ने र आर्थिक हिसाब – किताब समेत बुझाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै साधारण सभा सम्बन्धी सहकारीको नियमानुसार नै क्षेत्रगतरुपमा सभा राखिएको थियो । कार्यक्रम भने मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ८ काे भवन परिसरमा असोज ३० गते , आइतबार गरिएको थियो ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

महेन्द्रनगरमा बालिका मृत फेला

महेन्द्रनगरमा बालिका मृत फेला

२०७९ भाद्र १० गते, शुक्रबार ०७:०६
पोखरामा ई–कमर्श साथीको शुभारम्भ

पोखरामा ई–कमर्श साथीको शुभारम्भ

२०७९ भाद्र २२ गते, बुधबार ११:३५

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।