२०८१ आश्विन ५
२०८१ आश्विन ५

क्षेत्रीय सभापति लुंगेलीमाथी पूर्व मन्त्री श्रेष्ठले आक्रमणको प्रयास आरोप

लालबन्दी । नेपाली कांग्रेस क्षेत्रीय कमिटिले दुई पटक पार्टीको सामान्य सदस्यसमेत नरहनेगरि कारवाहिको लागी सिफारिस गरेको कांग्रेस नेता एवं पुर्व मन्त्री शम्भुलाल श्रेष्ठले हुलहुज्जत गरेको र क्षेत्रीय सभापतिमाथी आक्रमण गरेको आरोप लगाएको छ ।

कांग्रेसको निर्वाचनका सम्बन्धमा भईरहेको क्षेत्रीय कमिटिको बैठकमा बिना निमन्त्रणा हलभित्र प्रवेश गरेको र मञ्चमै गई क्षेत्रीय सभापति हरि लुंगेलीमाथी हातपात गरेको क्षेत्रीय कमिटिको आरोप छ । क्षेत्रीय सभापति लुंगेलीद्वारा हस्ताक्षरति प्रेस बिज्ञप्तिमा श्रेष्ठले बैठक भईरहेको लालबन्दी पार्टी प्यालेसभित्र प्रवेश गरेको र कुर्सि तोडफोड गर्नुका साथै जथाभावि मुख छाडेको, अपशब्द प्रयोग गरि गाली बेईज्जती गरेको र मञ्चमा प्रवेश गरि क्षेत्रीय सभापतिमाथी हातपात गरेको घटनाको निन्दा एवं भत्र्सना गरिएको छ ।

साथै गठबन्धनको बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुलाई भोट माग्दै हिँड्ने एवं गठबन्धन बिरोधि, लक्ष्यहिन बाटोमा हिँड्ने श्रेष्ठलाई तत्काल कारवाहिको लागी जिल्ला कार्यसमिती, प्रदेश कमिटि र केन्द्रिय कार्यसमितीलाई अनुरोध गरिएको छ ।

कांग्रेस क्षेत्रीय कार्यालयले जारि गरेको प्रेस बिज्ञप्ति

यता श्रेष्ठले भने आफुलाई केन्द्रबाटै बैठकमा सहभागी हुन निर्देशन आएको बताउनुभएको छ । उहाँले सबैले पालैपालो आफ्नो मन्तव्य राख्ने क्रममा आफुले बोल्न नपाएपछि त्यहाँ उपस्थित नेता कार्यकर्ताले आफुलाई बोल्न दिनुपर्ने माग मात्रै गरेको र सो क्रममा क्षेत्रीय सभापति लुंगेली माईक छोडेर चोर बाटोबाट भागेको आरोप लगाउनुभयो ।

सबैको पार्टी भएकोले आफुलाई पनि आफ्ना कुरा राख्न दिनका लागी आफुले अनुरोध मात्रै गरेको श्रेष्ठको दाबि छ ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

२०७९ आश्विन २९ गते, शनिबार १५:०१

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।