२०८१ आश्विन ५
२०८१ आश्विन ५

सामाजिक सञ्जालबाट भिटेन गायब , युट्युबबाट हटाए सबै गीत

निराज रानाभाट , काठमाडौं : र्‍यापर भिटेनको मस्तिष्कमा अहिले के कुरा चलिरहेको छ ? यो कुरा उनी आफैं बाहेक अरु कसैलाई थाहा छैन , तर जे चलिरहेको छ ठिकठाक चलिरहेको छैन ।

गत साता जापान कन्सर्टमा ‘ बबाल ’ गरे यता भिटेनको स्थितिलाई लिएर उनका फ्यान चिन्तित छन् । उनको एक इन्स्टाग्राम लाइभलाई लिएर समेत थप चिन्ता बढेको छ ।

सामाजिक सञ्जालमा भिटेनका फ्यानले मानसिक स्वास्थ्यको ख्याल गर्न पनि सुझाएका छन् । यस्तोमा , फ्यानलाई चिन्ता थप्ने गरि भिटेनले अर्को काम गरेका छन् । आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट उनले एउटा बाहेक सबै गीत हटाएका छन् । १३ दिनअघि रिलिज भएको ‘ आफ्नै बाटो ’ बोलको गीत बाहेक भिटेनका सबै गीत हटाइएको छ ।

मंगलबार रातिदेखि भिटेनले यी सबै गीत गायब बनाएका हुन् । यति मात्र होइन, इन्स्टाग्रामबाट पनि भिटेनले दुईवटा बाहेक सबै तस्वीर डिलेट गरेका छन् । उनको फेसबुक पेज पनि निष्क्रिय छ ।

उनले किन यस्तो गरे भन्ने कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ । मुडी स्वभावका भिटेनको यस्तो हर्कतले फ्यानलाई थप चिन्तित बनाएको छ । भिटेन गत सातासम्म जापानमा थिए । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेको छ ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

आज सत्ता गठबन्धनकाे बैठक बस्दै

आज सत्ता गठबन्धनकाे बैठक बस्दै

२०७९ भाद्र २६ गते, आईतवार ०१:३९
४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

२०७९ आश्विन २९ गते, शनिबार ०६:२१

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।