२०८१ मंसिर १९
२०८१ मंसिर १९

सर्लाहीमा डिजिटलाईजेसन काटाको सुरुवात

नेपाल ट्रक यातायात व्यवसायी माहासंघले सर्लाहीमा मंगलबारदेखि डिजिटल धर्मकाँटा संचालनमा ल्याएको छ ।

सर्लाही ट्रक व्यवसायी संघले हरिवन १० नयारोडमा संचालन गरेको धर्मकाँटामा डिजिटलाईजेसन गरेको हो । यो धर्मकाटामा डिजिटलाईजेसन गरिएकोमा पहिलो धादिङको धारकेमा र दोश्रो सर्लाहीको हरिवन नगरपालिका वडा नं. १० नयारोडमारहेको बताईएको छ । काँटाको उद्घाटन गर्दै पुर्व रक्षामन्त्री एवं सर्लाहीका संघिय सांसद हरिप्रसाद उप्रेतीले डिजिटलाईजेसनले धेरै समस्याको एकैठाउमा समाधान गर्ने हुनाले समाग्री ढुवानीमा देखापरेका विकृति, बिसंगतिहरु समाप्त भएर जाने विश्वास ब्यक्त गरे ।

सासंद उप्रेतीले काँटा संचालनमा नेपाल सरकारबाट गर्नुपर्ने कार्यकालागि आफुले सधै सरकारलाई सिफारिस् गर्ने र राज्यद्धारा यसको नियमन हुनुपर्ने समेत बताए । कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी माहासंघका माहासचिव राजेन्द्र विक्रम बानियाले काँटामा डिजिटलाईजेसन भएपछि सवारीधनीले आफ्नो सवारीमा लोडभएको सामान, चालकको स्थिति, वजन लगायतको विषयमा घरमै रहेर थाहापाउने र नेपाल सरकारको यातायात ब्यवस्था विभागमा समेत रेकर्ड हुने हुँदा अवैध सामाग्री ओसारपसार तथा बढ्दो दुर्घटनाको जोखिम समेत नियन्त्रण हुने जानकारी दिए ।

माहासंघका केन्द्रिय सदस्य बद्री चौलागाईद्धारा संचालित कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), हरिवन नगरपालिकाका पूर्व प्रमुख गणेश प्रसाद प्रसाई, नगर उप–प्रमुख हरिमाया घलान, हरिवन वडा नं. १० का अध्यक्ष शम्भुप्रसाद मैनाली, ईलाका प्रसाशन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, नेपाल ट्रक यातायात व्यवसायी माहासंघका सह–कोषाध्यक्ष राजन केसी, माहासंघका मधेस प्रदेस संयोजक धुर्व अर्याल, सर्लाही जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रजन घिमिरे, कार्यक्रमका संयोजक सर्लाही ट्रक ब्यवासयी संघका अध्यक्ष रामबहादुर दवाडी, नारायणी यातायात ब्यवसायी संघका सचिव शालीग्राम ढकाल, तराई यातायात ब्यवसायी संघका माहासचिव अर्जुन अधिकारी, हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष प्रयागराज पोते लगायत सर्लाही ट्रक ब्यवसायी संघका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

हरिवनमा संचालित धर्मकाटामा डिजिटलाईजेसन गरिएको नेपालमा दोश्रो रहेको सर्लाही ट्रक ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष रामकुमार खडकाले बताए । यसअघि माहासंघले धादिङ्को धार्केमा धर्मकाटामा

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

छुटाउनुभयो कि ?

पोखरामा ई–कमर्श साथीको शुभारम्भ

पोखरामा ई–कमर्श साथीको शुभारम्भ

२०७९ भाद्र २२ गते, बुधबार ११:३५

ताजा अपडेट

सर्लाहीमा  डिजिटलाईजेसन काटाको सुरुवात

सर्लाहीमा डिजिटलाईजेसन काटाको सुरुवात

२०८१ मंसिर १८ गते, मंगलवार १६:११
सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।