२०८१ आश्विन ५
२०८१ आश्विन ५

दोस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ को ग्रान्ड फिनाले हुँदै

निराज रानाभाट , काठमाडौं : गत असोजको पहिलो साता हुने भनिएको ‘ दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ ’ अब यहीँ कार्तिक २१ गते , साेमबार , राजधानी काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा हुने भनिएको छ ।

यस अघि यो अवार्ड रशियन कल्चरल सेन्टरमा हुने भनिएकोमा अब यसको ग्रान्ड फिनाले काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा आयोजन हुने आयोजक संस्थाले जनाएको छ ।

यो अवार्डको गत भदौमा मनोनयन सार्वजनिक गरिएको थियो । सोही कार्यक्रममा यो अवार्ड असोजको पहिलो साता आयोजना गरिने घोषणा गरिएको थियो , तर त्यतिबेला काठमाडौंमा डेंगोको महामारी फैलियो । आयोजक टिम समेत डेंगोबाट प्रभावित भएपछि यो अवार्ड त्यतिबेला स्थगित गरिएको थियो । अब भने कार्तिक २१ गते अवार्ड प्रदान समारोह गर्न लागिएको आयोजक संस्था क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताएका छन । उनका अनुसार यसपटक विभिन्न ४० विधामा यो अवार्ड प्रदान गरिने भएको छ । चलचित्र , गीत , संगीत , म्युजिक भिडियो , फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ ।

यसपटक अवार्ड समारोहमा अवार्ड प्रदानसँगै विभिन्न व्यक्तिहरुलाई राष्ट्रिय सम्मान पनि गरिने भएको छ । अवार्ड समारोहमा ध्वानी सम्पादक दिका गुरुङलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ । ३ दशकभन्दा लामो समयदेखि ध्वानी सम्पादकको रुपमा सक्रिय रहेका कारण उनलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको पनि अध्यक्ष गुरुङले बताए । यस्तै , यो वर्ष क्वालिटी इन्टरटेनमेन्ट पत्रकारिता पुरस्कार राजधानी दैनिकका कला पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरिने पनि उनले जानकारी गराए । नेपाली चलचित्र तथा गीत संगीतका विकाशमा पत्रकारिताबाट क्षत्रीले निरन्तर योगदान दिएका कारण उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको पनि गुरुङले बताए । गत साल यो पुरस्कार पत्रकार तुलसी गिरी ‘ भावुक ’ लाई प्रदान गरिएको थियो ।

कोरोनाको महामारी पछि सुस्ताएको नेपाली गीत – संगीत तथा चलचित्र उधोगलाई माथि उठाउन २ वर्ष अघिबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आयोजना थालिएको हो । वि.सं. २०७८ बैशाखदेखि २०७९ भदौको पहिलो सातासम्म रिलिज भएका गीतहरुबाट उत्कृष्ट ५ को मनोनयन निर्णयक समितिले यस अघि नै नै छनौट गरेर सार्वजनिक गरिसकेको छ । ’ अध्यक्ष गुरुङले भने ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।