भिमफेदी – त्रिभुवन राजपथको भिमफेदी गाउपालिकाको बाह्र घुम्तीमा सुख्खा पहिरो गएपछि सडक अबरुद्ध भएको छ ।
भिमफेदी गाउँपालिका वडा नं. २ स्थित बाह्रघुम्ती भन्दा केही माथी रहेको तेर्सो सडकमा सल्लाको रुख ढलेको र सुख्खा पहिरो गएपछी सडक पुर्ण रुपमा अबरुद्ध भएको छ ।
हेटौंडा हुँदै दामन, पालुङ, काठमाडौ र नामटार तर्फको सवारी साधन पुर्ण रुपमा बन्द भएको छ |