२०८२ भाद्र १६
२०८२ भाद्र १६

बार्सिलाेनाकाे सानदार जित

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि ४-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई सानदार जित दिलाउनको लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने पेड्रो र सर्जी रोबर्टोले समान एक–एक गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई–दुई गोल गरेको थियो ।

क्याम्प नोउमा भएको खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले राफिन्हाको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

६४औं मिनेटमा लेवान्डोस्कीले डेम्वेलको पासमा गोल गर्दै ३–० को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए ।

तीन खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित रियल भालाडोलिड १ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।