२०८१ मंसिर ६
२०८१ मंसिर ६

काँग्रेस प्रतिको बढ्दो जनलहरले विपक्षीहरु अत्तालिएका छन् : अजय चौरसिया

वीरगञ्ज, १५ कार्तिक । पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले चुनाव नजिकिदै जादा मतदातासँगको भेटघाट कार्यक्रमलाई झन तिब्र पारेको छ ।

काँग्रेसबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेलले मङगलबार पनि चुनावी घरदैलो गरेका छन् ।

नेता कार्यकर्ता सहित दुवै उम्मेदवारले पर्सागढी नगरपालिका वडा नम्बर ७ को टिकुलीया, एकटांगा, रघुनाथपुर, फुलवरीया र बागेश्वरीमा पुगेर मतदालाई भेटेका हुन् ।

त्यसक्रममा दुवै उम्मेदवारलाई त्यहाका स्थानीयले फुलमाला लगाएर स्वागत पनि गरेका थिए । मतदातासँग भेट्दै प्रतिनिधीसभा सदस्यका उम्मेदवार चौरसियाले काँग्रेस प्रति बढ्दै गइरहेको जनलहरले विपक्षीहरुले आत्तिएर भ्रम फैलाइरहेकाले त्यस्ता भ्रममा नपर्न आग्रह गरे ।

उनले सधै मधेस र मधेसीको विरोधमै रहदै आएको एमालेसँगै जसपाले अहिले आएर बढि सिटका लागि अचानक साँठगाँठ गरेकोले जसपा पनि मधेस विरोधीकै कित्तामा उभिएको पैष्ट भएको बताए ।

मधेस काँग्रेसको आधार क्षेत्र भएकाले काँग्रेसले सदैव मधेसको मर्म बुझदै आएकाले मधेसी जनता यसपालि पनि काँग्रेसकै साथमा रहेको बताए । चौरसियाले भने, ‘जसपा जो सिटको बहानामा मधेस विरोधीसंग घाँटी जोड्न पुगेको छ, सिट बढि पाएपछि उसले मधेस मधेसीको एजेन्डा चटक्कै बिर्सियो, त्यस्ता दल र उसका उम्मेदवारलाई मधेसी हु भनेर भोट माग्ने कुनै नैतिकता नै छैन ।’

नागरिकता लगायत मधेसका मुद्धा सम्बोधनका लागि काँग्रेस नेतृत्वको सरकारले पटक पटक प्रयास गर्दा पनि एमालेकै कारण रोकिएको यथार्थ जनता माझ छर्लङग नै रहेको पनि उनले बताए । चौरसियाले भने, ‘अब पनि त्यहि मधेस विरोधी र उससंग साँठगाँठ गर्ने जसपाले जित्यो भने नागरिकताको समस्या फेरि सामधान हुदैन ।’

चौरसियाले प्रतिगमनका मतियारहरुलाइ जनताले यसपालि अवश्य सबक सिकाउने पनि बताए । चुनावी घरदैलो कार्यक्रममा

पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव , बहुदरमाइ नगरपालिकाका पूर्व मेयर नितेन्द्र साह , काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन, वडा अध्यक्ष शंकर रायभर , काशी यादव , जितेन्द्र मिश्रा , श्याम कुमार मिश्राका साथै काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Picture of शुन्य समय

शुन्य समय

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आजकाे राशिफल

आजकाे राशिफल

२०७९ भाद्र ६ गते, सोमबार ०१:०४

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।