२०८१ आश्विन ५
२०८१ आश्विन ५

माओवादीमा भुइचालो, दुइ दर्जन युवाहरु जसपा प्रवेश

वीरगञ्ज, १६ कार्तिक । जनयुद्ध कालदेखि नै नेकपा माओवादी केन्द्रसँग आबद्ध रहेका वीरगञ्जका दुई दर्जन भन्दा बढी युवाहरु जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ का युवा नेता धर्मनाथ कुशवाह र कृष्णा कुशवाहको नेतृत्वमा दुई दर्जन भन्दा बढी युवाहरु सामुहिक रुपमा नेकपा माओवादी केन्द्र परित्याग गरि जसपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई पूर्वमन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् । जसपाको राजनीतिक समितिका सदस्य समेत रहेका यादवकै निवासमा बुधबार आयोजित एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका युवाहरु जसपामा प्रवेश गरेको यादवका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए ।

माओवादी केन्द्रमा परिवारवाद हावी हुँदै गएको र पार्टीमा कुनै योगदान नहुनेहरुको हाली मुहाली बढेको कारण आफूहरुले पार्टी परित्याग गरेको जसपामा प्रवेश गरेका धर्मनाथ कुशवाहले आरोप बताए । उनले भने ,‘जनयुद्ध कालदेखि पार्टी भित्र रहेर हामीले संघर्ष ग¥यौं तर हाम्रो त्यागको त्यहाँ मूल्यांकन भएन , आफ्नो परिवारका व्यक्तिलाई अगाडि बढाउने, पार्टीमा कुनै योगदान नहुनेलाई स्थान दिने प्रवृति हावी भएपछि हामीले घर परिवर्तन गर्न बाध्य भयौँ ।

कुशवाहले जसपाले मधेशको मुद्दा उठाउनुका साथै शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा समेत सुधार ल्याउने काम गर्दै आएकोले आफूहरुले जसपा प्रवेश गरेको प्रतिक्रिया दिए ।

उनले पर्सा जिल्लाको विकास र समृद्धीका लागि प्रदीप यादवलाई पुन: निर्वाचित गराउनु पर्नेमा जोड पनि दिए ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

भक्तपुरमा चिनियाँ नेता ली

भक्तपुरमा चिनियाँ नेता ली

२०७९ भाद्र २९ गते, बुधबार ०७:१६

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।