२०८१ आश्विन ५
२०८१ आश्विन ५

हरिवन र लालवन्दीमा मदन–आश्रित स्मृति दिवस मनाएको छ

वुधवार साँझ सर्लाहीको हरिवनमा मदन–आश्रित स्मृति दिवस मनाएको छ। नेकपा एमाले, ३ नम्वर क्षेत्रीय समन्वय कमिटीको आयोजना र मदन भण्डारी स्पोट्स एकेडेमीको व्यवस्थापनमा श्रद्धान्जली तथा दीप प्रज्वलन कार्यक्रम भएको थियो ।
हुरिवतासकै वीच मदन भण्डारी र जीवराज आश्रितको तश्वीरमा माल्यार्पण गरेपछि पनि पानी रोकिएन, उनीहरुले केही ओत खोजेर दीप प्रज्वलन गरे । एकेडेमीका अध्यक्ष अनिल हमालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य राजकुमार उप्रेती र क्षत्रीय अध्यक्ष चूडामणि वाग्लेले मदन भण्डारीको योगदानको वारेमा संक्षिप्त धारणा राख्नु भएको थियो ।
कार्यक्रममा हरिवन र वागमती नगरपालिकाका पार्टी कार्यकर्ताको मुख्य उपस्थिती थियो । एमाले जिल्ला उपाध्याक्ष विदुर प्याकुरेल, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयाग राज पोते, हरिवनकी नगर उप प्रमुख हरिमाया घलान लगायत उपस्थित सवैले दीप प्रज्वलन गरेर नेताहरुको सम्झना गरेका थिए ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा विवादास्पद दुर्घटनामा नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवलाल आश्रितको ज्यान गएको थियो । नेकपा एमालेले यो घटनालाई रहस्यमय हत्या भएको दावी गर्दै आएको छ ।
यसै गरि वुधवार विहान मदन–आश्रित स्मृति प्रतिष्ठानले लालवन्दीमा रहेको आफ्नै भवनमा नेता द्वयको तश्वीरमा माल्यार्पण गर्दै श्रद्धान्जली कार्यक्रम गरेको थियो । कार्यक्रममा नेकपा एमालेकी सर्लाही इन्चार्ज कमलादेवी महतो, जिल्ला अध्यक्ष राजनारायण साह, उपसचिव प्रकाश थापा प्रतिष्ठानका अध्यक्ष डिल्ली अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

आजकाे राशिफल

आजकाे राशिफल

२०७९ भाद्र ७ गते, मंगलवार ००:३८

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।