२०८१ आश्विन ५
२०८१ आश्विन ५

नेपाल र भारतका पदाधिकारीबिच निर्वाचन लक्षित सिमा सुरक्षा र शिल गर्ने बिषयमा बैठक सम्पन्न

लालबन्दी । सर्लाही सदरमुकाम मलंगवामा मंगलवार नेपाल र भारतका पदाधिकारीहरुको संयुक्त सीमा समन्वय बैठक सम्पन्न भएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको संयोजकत्वमा महोत्तरी र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी महोत्तरी तथा सर्लाही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवं तीनवटै जिल्लाका नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल, नेपालका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, भन्सार कार्यालयका कार्यालय प्रमुखहरु र भारतको सीतामढी जिल्लाका पदाधिकारीहरु बैठकमा सहभागी भएका थिए ।

बैठकमा सीमा सुरक्षा र सीमा अपराध नियन्त्रण, अन्तर्राष्ट्रिय सीमा अतिक्रमण, मानव बेचबिखन, मदिरा तथा लागू औषध ओसारपोसार नियन्त्रण, अवैध मुद्राको कारोवार नियन्त्रण लगायतका विषयमा आपसी सहयोग र समन्वयका साथै आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९मा सुरक्षा व्यवस्थापनका विषयमा सौहाद्रपूर्ण वातावरणमा छलफल भएको सर्लाहीका सिडियो थानेश्वर गौतमले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।

बैठकमा भारतीय पक्षले नेपालमा आगामी २०७९ मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा आवश्यक सहयोग तथा समन्वयको लागि तयार रहेको बताएको थियो । निर्वाचनमा मतदानको समयभन्दा ७२ घण्टा पहिले देखि नेपाल भारत सीमा सिल गर्ने विषयमा समेत दुवै पक्ष बिच सहमति भएको छ ।

बैठकमा भारतको तर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्लाधिकारीको नेतृत्वमा पुलीस अधीक्षक, भन्सार प्रमुख तथा एस.एस.बी. का अधिकारीहरू, लागू औषध नियन्त्रण अधिकारी लगायतका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

चिनियाँ सभामुख ली नेपाल आउँदै

चिनियाँ सभामुख ली नेपाल आउँदै

२०७९ भाद्र २७ गते, सोमबार ०२:०१
गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

२०७९ कार्तिक २४ गते, बिहीबार १०:५९

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।