२०८१ आश्विन ५
२०८१ आश्विन ५

माधव नेपाललाई आयोगको स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई पनि पत्र

काठमाण्डाै – निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । रौतहटमा चुनाव प्रचारका क्रममा मतदातालाई प्रभावित पार्ने गरी ‘फ्री भिसा, फ्री टिकट’ को बारेमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको छ । 

स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ । आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन पनि भनेको छ ।

आफूहरूले चुनाव जितेमा विदेश जाने युवालाई ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्था गर्ने अभिव्यक्ति दिएका कारण नेपाललाई आयोगले स्पष्टीकरण सोधेको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य माधव नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो । कानुनअनुसार आचारसंहिता विपरीतको काम गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था छ ।

आयोगले माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवालाई विदेश पठाउने भनी सार्वजनिकरूफमा प्रलोभन देखाउने काम गरेकोले सम्बन्धमा निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुरोधसहित पत्र लेखेको हो ।

Picture of शुन्य समय

शुन्य समय

सिफारिस

राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यकाे समुपस्थितिमा कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमाेचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ हुँदै

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।