२०८१ आश्विन ५
२०८१ आश्विन ५

३ दिने मध्यवर्ती प्रशिक्षण समापन भएको छ।

जनप्रतिनिधिहरुका लागि संचालित पहिलो मोड्युलको ३ दिने मध्यवर्ती प्रशिक्षण समापन भएको छ। सर्लाहीको हरिवन नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि संचालित पहिलो मोड्युलको ३ दिने मध्यवर्ती प्रशिक्षण सफल्ता पुर्वक समापन भएको छ ।आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तर्गत माण्डवी सर्लाहीको आयोजनामा (मंगलबार)बाट सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख रमेश बुढाथोकी गरेका छन् । यसअघि सम्पन्न भएको चौथो मोड्युलको कार्यक्रममा प्रशिक्षण लिएका स्थानीय महिला जनप्रतिनिधिहरुको नेतृत्व भुमिकालाई निरन्तरता दिंदै उनीहरू भित्रको आत्मविश्वास र नेतृत्व सीपलाई निखार्दै उनीहरूहरुको भूमिकालाई अझबढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि थप ज्ञान र सीपको विकास गर्न सहयोग पुर्याउने उदेश्यले हरिवन न.पा अन्तर्गतका ११ वटै वडाका २३ जना महिला जनप्रतिनिधिहरुको लागि प्रशिक्षणको आयोजना गरेको माण्डवीका जिल्ला कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए । प्रशिक्षण लिइ सके पश्चात् महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नका लागि आवश्यक पर्ने सीप र ज्ञान प्रदान गर्ने राजनीतिक सम्बादमा सहभागी हुन आत्मविश्वास बढाउने,लैंगिक समानता प्रबर्द्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला तथा किशोरीहरुको लागि प्रेरणाको श्रोतको रुपमा कार्य गर्न प्रोत्साहित गर्न,लैंगिक समानतालाई संरक्षण गर्नका लागि समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्न र एकआपसमा अनुभव आदानप्रदान र सहयोग गर्नका लागि संजाल निर्माण गर्न थप सहज हुने विश्वास लिइएको श्रेष्ठले बताए । संस्थाले मधेस प्रदेश अन्तर्गत सर्लाही जिल्लाको हरिवन सहित कबिलासी, बरहथवा,बागमती र हरिपुर्वा नगरपालिकामा महिला नेतृत्व कार्यक्रम संचालन गरि जम्मा १२७ जना महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणमा प्रशिक्षण दिंदै आइरहेको छ। समापन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले महिला जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धिको लागि तालिमको आयोजना गरेर उनीहरूको आत्मविश्वस बढाउने काम गरेको भन्दै आयोजक संस्थालाई धन्यवाद दिए ।समापन कार्येक्रम मा मेयर बुढाथोकीले कानुन सम्बन्धि तालिम को आयोजना गर्नु हुने प्रतिबदता जाहेर गर्नु भयो र सम्पूर्ण जनप्रतिनिधि ज्यू हरुलाई आफु नैतिकवान हुने कुरा तालिम बाट प्राप्त सिकी आफ्नो पालिकलाई कसरी अगाढी लैजाने र आफ्नो आफ्नो वडा मा मेरो भूमिका मैले कसरी निर्बाह गर्ने भन्ने कुरा मा विशेष जोड दिनु भयो । विशिष्ठ अतिथिको रुपमा सहभागी भएकी उपप्रमुख हरिमाया घलानले आफु पनि माण्डवीले संचालन गरेको तालिममा एउटा सदस्यको रुपमा सहभागी हुने अवसर पाएको र सोही तालिमाबाट सिकेका कुराहरुलाई आत्मसात गर्दै अहिले उपप्रमुख जस्तो पदमा पुग्न सफल भएको अनुभव सुनाउँदै तालिममा सिकाएका कुराहरु लाई व्यवहारमा उतारेर अगाडि बढ्न सुझाव दिए।तेस्तै कार्यक्रममा उपस्तिथी उप प्रमुख द्वारा पनि आफु पनि माण्डवी को तालिम मा यौटा सदस्य को रुप भाग लिने अवसर मिल्दा अहिले मा एस स्थान मा उप प्रमुख सम्म पुग्न सफल भयको कुरा सहभागी माझ पस्किनु बह्यो र अरु महिला सदस्य हरुलाई अघि बढन हौसला र यहि माण्डवी को तालिम बाट प्राप्त भएको जानकारी गराउनु भयो हामी महिलाहरु लाइ अधिकार छ भन्ने जुन यौटा भनाइ मात्र छ अब त्यो भनाइ मात्र हैन हामी हाम्रो अधिकार नियमको बारेमा कानुन को बारेमा कसरी अघि बढ्न सक्छौ भनी कुरा सिक्नु भयको छ अब त्यो सिकेको कुरालाइ परिबर्तन मा उतार्न सक्षम हुनु होला भनि सुभकामना प्रदान गर्नु भयोमगलवार देखि संचालन भएको तालिममा सहभागीहरुलाई प्रशिक्षक द्वय रमा पौडेल र प्रभु चौधरीले सहजीकरण गरिरहेका छन् ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।