२०८१ आश्विन ५
२०८१ आश्विन ५

अनेरास्ववियु मकवानपुरले दियो आफ्ना कार्यकर्तालाई प्रशिक्षण

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन-अनेरास्ववियु , मकवानपुरले बिषयगत प्रशिक्षण आयोजना गरेको छ । अखिलले आफ्ना कार्यकर्ता स्पातिला बनाउने उद्देश्य राखी प्रशिक्षण दिएको हो । अहिले अखिलले “एक कमिटी पाँच काम” अभियान संचालन गरिरहेको छ र अखिल आफ्ना कार्यकर्तालाई पुर्ण क्षमतावान, बैचारिक, सांगठनिक कार्यभारबारे जानकार बनाउन चाहिरहेको छ । यसै सन्दर्भमा मंसिरको प्रदेससभा र प्रतिनिधिसभा निर्वाचन केन्दृत गतिविधिबारे पनि अखिलले योजना बनाएको छ । योजना बमोजिम अखिलले नयाँ मतदाताको पहिचान र मतदाता शिक्षा संचालन गर्ने अखिल मकवानपुर अध्यक्ष भुवन मैनालीले बताउनु भयो ।

अनेरास्ववियुले आयोजना गरेको प्रशिक्षणमा नेकपा एमाले पार्टी केन्द्रिय सदस्य रामेश्वर रानाले वर्तमान राजनितिक अवस्था र नेकपा एमाले बिषयमा प्रशिक्षण प्रदान गर्नु भयो । एमालेकै बागमती प्रदेस कमिटी उप सचिव महेस बर्तौलाले नयाँ पुस्ता, राजनिती र निर्वाचन बारे प्रशिक्षण प्रदान गर्नु भयो भने नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले नेकपा एमाले पार्टी र अनेरास्ववियु बारे प्रशिक्षण प्रदान गर्नुभयो । त्यसै गरि अखिल थाइ कमिटी सदस्य तथा बागमती प्रदेस सह-इन्चार्ज सन्तोष पौडेलले नेपाली बिद्यार्थी आन्दोलन र अनेरास्ववियु बारे र अखिल केन्द्रिय सदस्य आशिष अस्लामीले संगठनात्मक पद्दती, अखिल संरचना तथा “एक कमिटी पाँछ काम” अभियान बारे प्रशिक्षण प्रदान गर्नु भयो

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले पार्टी मकवानपुर सदस्य तथा मोर्चा संयन्त्र उपप्रमुख आरती पाठक र अखिल केन्द्रिय सचिवालय सदस्य किशन घिसिङ्गले शुभकामना मन्तव्य तथा कार्यक्रमको स्वागत मन्तव्य अखिल मकवानपुर उपाध्यक्ष अमृत बर्तौलाले राख्नुभयो । प्रशिक्षण कार्यक्रममा जम्मा ७० जना बिद्यार्थी नेता कार्यकर्ता उपस्थिती रहेको थियो । उक्त प्रशिक्षणमा जिल्ला कमिटी पदाधिकारी र सदस्य सबै, पालिका कमिटी पदाधिकारी र स्ववियु निर्वाचन हुने क्यापस कमिटी पदाधिकारीलाई सहभागिता गराइएको थियो ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

चुनावविरोधी गतिविधि गर्ने २० जना पक्राउ

२०७९ कार्तिक २९ गते, मंगलवार २१:०३
४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

२०७९ आश्विन २९ गते, शनिबार ०६:२७

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।