२०८१ आश्विन ५
२०८१ आश्विन ५

श्रीलंकाले जित्यो टी-२० एसिया कपकाे उपाधि

काठमाडौं । टी-२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । बलरहरू चम्किंदा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि हात पारेको हो । पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो ।

तर, पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए पनि कप्तान बाबर आजम ५ रनमै आउट भए । इफित्खार अहमदले ३२ रन र हरिस रौफले १३ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए, स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । यस्तै, चामिका करुणारच्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए । दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

श्रीलंकाका भानुका राजपक्षे अविजित सर्वाधिक ७१ रन बनाए, वानिन्दु हसरंगा ३६, धनन्जय डे सिल्भाले २८ र चमिकाले १४ रन बनाएका थिए । श्रीलंकाको यो छैटौं एसिया कप उपाधि हो । श्रीलंकाले सन् २०१४ पछि उपाधि जितेको थिएन ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

महेन्द्रनगरमा बालिका मृत फेला

महेन्द्रनगरमा बालिका मृत फेला

२०७९ भाद्र १० गते, शुक्रबार ०७:०६
कक्षा १२ काे नतिजा प्रकाशित

कक्षा १२ काे नतिजा प्रकाशित

२०७९ भाद्र १७ गते, शुक्रबार १२:१२

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।