२०८१ आश्विन ५
२०८१ आश्विन ५

आर्यन सिग्देल र भारतीय अभिनेत्री सुफियालाई लिएर ‘सायरा’ बन्ने, हिन्दीमा पनि डब हुने

आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म ‘सायरा’को निर्माण घोषणा गरिएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।

नेपाली र भारतीय फिल्मकर्मीको संयुक्त लगानीमा बन्ने फिल्मलाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्नेछन्।
फिल्ममा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ। पुस्करसँग नेपाली ब्यानर डीबीआर मिडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहनेछ। 

निर्देशक विशाल देसाईले नेप-इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए। मलाई निर्देशकको रुपमा छनोट गर्न भएकोमा उत्साहित छु। यस प्रोजेक्टमार्फत हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्छ भन्ने आशा छ,’ उनले भने। निर्माता तथा निर्देशक पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुशी रहेको बताए।

‘नेपाली फिल्म बनाउने इच्छा थियो। अहिले यो सहकार्य हुँदा म उत्साहित छु। नेपाली फिल्मलाई हिन्दी भाषामार्फत विश्व बजारमा लैजाने मसहित टिमको तयारी छ। हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौं,’ उनले भने। यो फिल्म नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

फिल्ममा आर्यन सिग्देल, भारतीय अभिनेत्री सुफिया सिद्दिकी, कविता नेपालीलगायत कलाकारको अभिनय रहने छ। डान्सिङ रियालिटी शोमार्फत चर्चामा आएकी कविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन्।

फिल्मको अन्य कलाकार तथा प्राविधिकको बारेमा छिटै जानकारी दिने समेत प्रस्तुतकर्ता रघु परियारले बताए। यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।दसैंपछि छायांकन गरिने यस फिल्मको सुटिङ ९० प्रतिशत अष्ट्रेलियामा र १० प्रतिशत नेपालमा हुने निर्माण टिमले जानकारी दिएको छ। 

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।