२०८१ आश्विन ५
२०८१ आश्विन ५

एमाले मकवानपुरले ७५१ निर्वाचन परिचालन कमिटी घोषण गर्यो

हेटौंडा । नेकपा एमाले मकवानपुरले जिल्ल पार्टी कार्यालय हेटौंडामा आयोजीत एक कार्यक्रम आयोजना गरि ७५१ निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । नेकपा एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेल कमिटीका संयोजक तोकिनुभएको छ । ७५१ सदस्य कमिटीको सह संयोजक जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचीवमा जिल्ला सचीव नवीन सिग्देल रहनु भएको छ ।

कमिटीका सदस्यहरुमा नेकपा एमालेका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्लाका बिभागका सदस्यहरु, भातृ सङ्गठनका केन्द्रिय सदस्य, प्रदेश कमिटी, एमालेका पालिका स्तरीय कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकार परिषद, कम्युनिस्ट मन्च, निर्वाचित पालिका प्रमुख उप प्रमुख, जिफन्ट तथा पेशागत महासङ्घका सदस्यहरु, वडाध्यक्षहरुलगायत सदस्य रहने छन् ।

यस्तै प्रतिनिधि सभा १ नम्बर क्षेत्रको संयोजकमा रामचन्द्र राई र सचीवमा अनिल बानियाँ लाई जिम्मेवारी दिइएको छ । त्यस्तै १ को क मा दिलबहादुर घिसिङ (फुर्वा) र सचीवमा कृष्ण प्रसाद चौलागाईं र ख को संयोजकमा रघुनाथ खुलाल र सचीवमा इन्द्र नेपाललाई एमालेले जिम्मेवारी प्रदान गरेको छ ।

यस्तै प्रतिनिधि सभा २ नम्बर क्षेत्रमा सुबास चन्द्र ठकुरी संयोजक र मेम्बर लोलाई सचीव रहनुभएको छ । २ नम्बर क्षेत्रको क मा संयोजक बलराम बल र सचीव पार्बती राना, ख मा एकराज उप्रेती संयोजक र सचिन नरेन्द्रलाल रिजाललाई तोकिएको जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन परिचालन कमिटी कार्यालय, प्रतिनिधि सभाका २ वटा निर्वाचन कार्यालय र १ नम्बर क्षेत्रको ख को कार्यालय जिल्ला पार्टी कार्यालयमा, १ को क को कार्यालय बकैया, २ को क को थाहामा र ख को कार्यालय मनहरीमा राखिने सचीव नवीन सिग्देलले जानकारी दिनुभयो।

कार्यक्रममा केन्द्रिय सदस्य एबम जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्रिय सदस्य एबम जिल्ला सह इन्चार्ज जुनेली श्रेष्ठ, परिचालन कमिटीका संयोजक अनन्त पौडेल, प्रदेश कमिटी सदस्य रघुनाथ खुलाललगायतले बोल्नुभएको थियो । यस्तै आज नै नेकपा एमालेको कार्यालयमा निर्वाचन परिचालन कमिटीको कार्यालय पनि उद्घाटन गरिएको छ ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०७९ श्रावण ३१ गते, मंगलवार १४:२५

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।