२०८१ आश्विन ५
२०८१ आश्विन ५

प्रेस सेन्टर सर्लाहीको विशेष अधिवेशन सम्पन्न

८ चैत ः ‘सम्पूर्ण जनपक्षिय पत्रकार एक हौ’ भन्ने नाराका साथ बुधवार सर्लाहीको बागमतीमा सुरु भएको प्रेस सेन्टर नेपाल, सर्लाहीको विशेष जिल्ला सम्मेलन सम्पन्न भएको छ ।


सम्पन्न सम्मेलनले श्रवण थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षद्धयमा क्षितिज विश्वकर्मा, सर्मिला रमौली मगर, सचिव राधेश्याम कुशवाह र सह–सचिवद्धयमा सलिना मगर, जितेन्द्र कुशवाह चयन भएको छ ।
त्यसैगरि कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरुमा चन्द्रवहादुर जिम्वा, शिवकुमार कुशवाह, हरि निरौला, मंन्दिरा लामिछाने चयन भएका छन् ।


त्यस्तै, जितेश यादव, अविशेष यादव, अनिता साह पनि सदस्यमा निर्वाचित भएको प्रेस सेन्टर नेपाल, सर्लाहीले जनाएको छ ।
सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ नेकपा(माओवादी केन्द) का पोलिटव्यूरो सदस्य उच्युतम काफ्लेले दलिय राजनीति वातावरणमा नेपाली प्रेस विभाजित हुनु स्वभाविक भएपनि प्रेसले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली समाजले सवैभन्दा वढी विश्वास गर्ने प्रेस जगत नै हो, पत्रकारको आचरण खराव भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने छ ।’


प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले सर्लाहीका पूर्वअध्यक्ष शंकर पहाडीले संगठनको हीत विपरित क्रियाकलापमा लिप्त भएकोले उनी नेतृत्वको प्रेस सेन्टर नेपाल, सर्लाही जिल्ला समिति भंग गरिएको बताउनुभयो । उहाँले, पत्रकारिताको धर्म निर्वाह नगर्ने व्यक्तिहरुको सेन्टरमा स्थान नभएको वताउनुभयो ।


प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जनार्धन पोखरेलले स्थानिय व्यापारीलाई धम्क्याउने, अवैध असुली गर्ने, नगरपालिकाका कर्मचारीलाई आफुले सिफारिस गरेका व्यक्तिलाई नोकरीमा राख्न दवाव दिने जस्ता कार्य निर्वतमान अध्यक्ष शंकर पहाडीले गरेको प्रमाणित भएपछि विशेष जिल्ला सम्मेलन गर्न बाध्य भएको बताउनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्री, नेपाल प्रेस यूनियनका अध्यक्ष कृष्ण थपलिया, फोनिज, सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकी, प्रेस चौतारीका अध्यक्ष अच्युतम सापकोटालगायतका पत्रकारले सम्मेलनको सफलताका लागि शुभकामना दिएका थिए ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

२०७९ आश्विन २९ गते, शनिबार १५:०१
कक्षा १२ काे नतिजा प्रकाशित

कक्षा १२ काे नतिजा प्रकाशित

२०७९ भाद्र १७ गते, शुक्रबार १२:१२

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।