२०८१ आश्विन ५
२०८१ आश्विन ५

बचत संघ को अध्यक्षमा आचार्य निर्वाचित

जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीको अध्यक्षमा मन्दिरा आचार्य विजयी भएकी छन् ।
शनिबार सदरमुकाम मलंगवामा भएको मतदानमा ३७ मत प्राप्त गर्दै आचार्य जिल्ला बचत संघको अध्यक्षमा चयन भएकी हुन् । आचार्य नेत्रगन्ज बचत तथा ऋण सहकारी संस्था नवलपुरको अध्यक्ष समेत छिन् ।
आचार्यका प्रतिस्पर्धी हरेन्द्र राउतले ३० मत मात्रै प्राप्त गरे । खसेकोमध्ये १ मत भने बदर भएको छ ।
यस्तै, सचिवमा सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनका अध्यक्ष केशव ढकाल निर्वाचित भएका छन् । ढकाल ३९ मत ल्याइ विजयी हुँदा प्रतिस्पर्धी तपेश्वर चौधरीले २४ मत मात्रै ल्याए ।


सदस्यहरुमा बेचुप्रसाद तिमल्सिना, चेतप्रसाद तिमल्सिना, भवानी घिमिरे, दिनेश्वर राय र पाचु महतो चयन भएका छन् । उपाध्यक्ष, कोषाध्यक्ष र लेखा समितिका दुई जना सदस्य भने यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् ।
उपाध्यक्षमा धनेश्वर महतो, कोषाध्यक्षमा लालबाबु महतो र लेखा समितिको सदस्यमा महादेव साह र ललितादेवी महतो सर्वसम्मत रुपमा चयन भएका हुन्् । लेखा समितिको संयोजकमा भने आज मतदानबाट भरत साह चयन भएका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघमा यहाँका ७० वटा सहकारी संस्था नवीकरण छन् । १२० वटा सहकारी दर्ता भएपनि ७० वटा मात्रै नवीकरण भएका र बाँकी धेरै संस्था बन्द भइसकेका संघले जनाएको छ ।


संघमा नवीकरण भएकामध्ये आज ६८ वटाले मात्रै मतदानमा भाग लिएका छन् । संघको १३ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन गएको पुस २१ गते नै ईश्वरपुरस्थित श्रीनगरमा उद्घाटन भएको थियो ।
बन्दसत्रमा नेतृत्वका लागि सहमती हुन सकेको थिएन् । शनिबार सदरमुकाम मलंगवामा भेला गरी मतदानबाट टुंग्याइएको हो ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।