हेटौंडा ।मकवानपुरको मनहरी गाउँपालिकामा सोचाइ सस्थाले पोषण सम्बन्धि कार्यक्रमहरु गर्ने भएका छन । पोषणका लागि युवा भन्न्ने मुल नाराका साथ मनहरी गाउँपालिका स्वास्थ्य र सामाजिक शाखा संग सोचाई को आपसी समन्वय भएको हो ।
मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न एक बैठकमा सामाजिक शाखा संयोजक एवम ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्याल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । बैठकलाई सम्बोधन गर्नुहुदै स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जनस्वास्थ्यको कार्यक्रमहरुमा आपसी समन्वय र सहकार्य गर्न स्वाथ्य शाखा सदैब तयार रहेको बताउनुभयो । बैठकमा बोल्नुहुदै सामाजिक शाखाका संयोजक अनन्त प्रकाश अर्यालले जनप्रतिनिधिहरु सङको सहकार्यमा कार्यक्रम प्रभावकारी रहने बताउनुभयो । संयोजक अर्यालले जनहितका कार्यक्रमहरुको स्वागतका निम्ति आफू आतुर भएको खुसी ब्यक्त गर्नुभयो । उहाले कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्न सुभकामना सन्देश समेत दिनुभएको छ ।
मनहरी गाउँपालिकाको लागि पोषण संयोजक रिना गोपाली सहित पोषण सहजकर्ताहरुको उपस्तिथि रहेको थियो ।