२०८१ आश्विन ५
२०८१ आश्विन ५

चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने आयोगको प्रस्ताव

निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताएका हुन् ।

उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्नेगरी प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए । निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि आयोगले जनाएको छ ।

सञ्चारकर्मीहरूले निर्वाचनमा उम्मेदवार लिएका राजनीतिक दलको मात्रै चुनाव चिन्ह मतपत्रमा समावेश गर्ने विषयमा गठबन्धन लक्षित देखियो भन्ने प्रश्नको जवाफमा प्रवक्ता पौडेलले निर्वाचनमा भाग नलिएको दलको चुनाव चिन्ह राख्नु सौद्धान्तिक र व्यवहारिक रुपमा ठिक नभएको बताए ।

जुन पार्टीको उम्मेदवार निर्वाचनमा भाग लिन्छ त्यही पार्टीको निर्वाचन चिन्ह मात्रै राख्ने आयोगको धारणा भएको भन्दै कुनै दललाई लक्षित गरेर त्यसो गर्न नखोजिएको स्पष्ट पारे । प्रवक्ता पौडेलले निर्वाचन आचार संहिताको विषयमा सबै राजनीतिक दलहरूको मिश्रित सल्लाह सुझाव आएको जानकारी दिए । आयोगले राजनीतिक दलका सबै सुझावहरूलाई विश्लेषण गरेर राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ ।

‘तीन वटा विषयमा केन्द्रित भएर छलफलमा भयो, एउटा आगामी निर्वाचनको तयारीका सन्दर्भ, खर्चको सीमाको विषयमा छलफल भयो’, प्रवक्ता पौडेलले भने, ‘निर्वाचन आचार संहिता २०७९ लाई विभिन्न राजनीतिक दलका आगामी निर्वाचनका लागि सल्लाह सुझाव लिएर निर्वाचन आचार संहिता परिमार्जन,संशोधन गर्न छलफल भएको छ ।’ उनले छलफलमा राजनीतिक दलहरूबाट मिश्रित सुझावहरु प्राप्त भएको भन्दै सबै सुझावहरूलाई मनन र विश्लेषण गरेर आयोगले राजपत्रमा प्रकाशित गर्ने बताए ।

‘निर्वाचन आयुक्तले सबै राजनीतिक दलहरूको सुझावको स्वागत गर्दै सुझावलाई समावेश गर्न मिल्नेसम्म समावेश गरेर सुधार गर्ने प्रकाशित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।  निर्वाचन आचार संहिता बनाएर उल्लंघन गर्ने निर्वाचन आयोग होइन । राजनीतिक दल र उमेम्दवारहरुले नै हो’, उनले भने, ‘राजनीतिक दलहरुले आचार संहिता पालना गर्ने जिम्मेवारी लिन निर्वाचन आयुक्तले ध्यानाकर्षण गराउनु भयो ।’ निर्वाचनमा खर्च धेरै भयो,उम्मेदवार भएपनि निर्वाचन लड्न समस्या भयो भन्ने भनाईलाई मनन गरेर २५ जनासम्म भेला भएर प्रसार/प्रसार गर्नुपर्ने आयोगले प्रस्ताव गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।​

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

आज प्रतिनिधि सभाकाे बैठक बस्दै

आज प्रतिनिधि सभाकाे बैठक बस्दै

२०७९ भाद्र ७ गते, मंगलवार ०२:२९
एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

२०७९ कार्तिक २ गते, बुधबार ०७:३९
गजल – उस्तै लाग्छ

गजल – उस्तै लाग्छ

२०७९ कार्तिक २९ गते, मंगलवार १३:२८

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।