२०८१ आश्विन ५
२०८१ आश्विन ५

भीमफेदिको रंगाशालाबाट राष्ट्रिय खेलाडी जन्मनु पर्छ: महेश बर्तौला

आज भीमफेदी गाउँ पालिका ४, निबुवाटारमा आयोजीत एक कार्यक्रममा बोल्नुहुँदै नेकपा (एमाले) बाट मकवानपुर क्षेत्र नं. २ मा उम्मेदवार बन्नु भएको महेश बर्तौलाले भीमफेदिको निबुवाटारमा बन्दै गरेको रंगाशालाबाट राष्ट्रिय खेलाडी जन्मनु पर्ने बताउनुभएको छ । नेकपा एमाले भीमफेदी ४ वडा कमिटले आयोजना गरेको बैठकमा प्रमुख अतिथी बनेर पुग्नु भएको बर्तौलाले आफुले निर्वाचन जितेपछी रंगाशालाको स्तरिकरणमा ध्यान दिने बताउनु भयो । बर्तौलाले रंगाशालाको लागि आवस्यक भौतिक पुर्वाधार र आवस्यक सबै व्यवस्थापनमा योजना बनाएर काम गर्ने बताउनु भयो । बागमती प्रदेसमा अघिल्लो सरकार एमालेको हुंदा र पालिकामा एमालेको नेतृत्व हुंदा कामको सुरुवात भएको बताउनु भयो । उहाँले आफू संग भीमफेदीको बिकासको लागि आवस्यक योजना रहेको बताउनुहुंदै एक २०० बिद्यार्थी अटाउने छात्रावास, प्रत्यक घरमा खानेपानीको सुनिश्चितता, चिसापानी गढि र मैत्री बगैंचाको पर्यटन व्यवस्थापन, होमस्टे, कृषि उधम लगायको क्षेत्रमा योजना बैक तयार गरेर काम गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुंदै संघीय निर्वाचन क्षेत्र नं. २ (क) को उम्मेदवार बिष्णु प्रसाद ढकालले बिपक्षी गठबन्धनले नेपालको मौलिकता र सहिष्णुता भड्किने गरि जातको कुरा गरेको बताउदै एमालेले पनि प्रदेस सभामा समानुपातिक तर्फ बलराम बललाई उम्मेदवार बनाएको बताउनुभयो । उम्मेदवार ढकालले आफू लामो समय पार्टी काममा भीमफेदिसंग जोडिएको बताउनुभयो । उहाँले थाहानगर र भीमफेदी संग जोडिएको बताउनु हुँदै थाहा र भीमफेदिको समृद्धिको लागि आफुले योजना बनाएर बिकासकोब्काम जनता संग सल्लाह गरेर गर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागी पार्टिको नेता/कार्यकर्ता संग उम्मेदवार ढकाल र बर्तौलाले शुझाव पनि लिनु भएको थियो । उम्मेदवार द्वयले जनतासंग आफुहरुको मन गाँसिएको र आफ्नो गठबन्धन जनतासंग भएको बताउनुहुंदै आफुहरु जनताले दिएको सुझाव अनुसार अघि बढ्ने प्रष्ट पार्नु भयो । सहभागी कान्छी थापाले एमालेले चुनाब जितिसकेको उम्मेदवार द्वयलाई बताउदै ०७४ मा जितेका बिरोध खतिवडा जस्तो गाउँ नफर्किने काम नगर्न आग्रह गर्नु भयो ।

Picture of शुन्य समय

शुन्य समय

छुटाउनुभयो कि ?

ताजा अपडेट

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

सगुन साकोसको २५औं वर्ष गाठ भब्य।

२०८१ श्रावण २० गते, आईतवार २०:१३
त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

त्रिशूली नदीमा कम्तीमा ४८ जना बेपत्ता

२०८१ असार २८ गते, शुक्रबार २१:१८
नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

नमस्ते पे ले ल्यायो नगद फिर्ता दिने विशेष अफर

२०८० चैत्र २७ गते, मंगलवार ०६:४८
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्यो !

२०८० चैत्र २७ गते, मंगलवार ०६:४३
आज चैत्र २६ गते सोमबारको राशिफल

आज चैत्र २६ गते सोमबारको राशिफल

२०८० चैत्र २७ गते, मंगलवार ०६:०८

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।